एक समयकी सफल अभिनेत्री रानी मुखर्जी आजकाल फुर्सदिलो छिन् । पछिल्लो पटक आफैले निर्माण गरेको चलचित्र ‘मर्दानी’ असफल भएपछि उनी आफ्नो पुरा समय घरपरिवारलाई दिदै आएकी छिन् ।
चलचित्रको पर्दामा धेरै पटक आमाको भुमिका पनि निभाइसकेकी रानी यति बेला रियल लाइफमै आमा बन्दै छिन् । हाल लन्डनमा रहेकी रानी दैनिक जसो प्री-नेटल मसाज लिदै आउकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बलिउड चलचित्र निर्माता आदित्य चोपड़ासँग गुपचुप रुपमै विवाह गरेको करिब २ बर्षपछि उनी आमा बन्न लागेकी हुन ।