मानिस जिन्दगीमा धेरै पटक लड्छ, धेरै पटक उठ्छ अनि मानिस कयौ पटक असफल हुन्छ तर त्यसलाई शक्तिमा बदल्यौ भने हामी कहिले पनि दुख हुनु पर्दैन । राम्रो कुरालाई अनुशरण र नराम्रो कुरालाई भुल्दै अगाडी बढ्ने हो भने मानिस जिन्दगीमा सधै सफल र राम्रो बन्छ भन्ने सन्देश माइती नेपालमा रहेका बालबालिकाहरुले एक भिडियो मार्फत दिन खोजेका छन् ।
विनाशपछि विकास हुन्छ, तर रोएर हुँदैन भन्ने सन्देश लिएर उनीहरुले ‘जे हुनु अब भैसक्यो, रोएर केही आउँदैन’ बोलको भिडियोमा अभिनय गरेका छन् । सार्वजनिक गीतमा माइती नेपालमा रहेको टेरेजा एकेडेमीमा पढ्दै आएका १० बालबालिका गायक तथा संगीतकार मदन गोपालको साथमा पुजा परियार, विमला प्रजा, देवी रोका, राजकुमारी थापा, समीक्षा तामाङ, आरती उप्रेती, सपना तामाङ, कमला तामाङ, पूजा तामाङ र सुस्मिता वीकको स्वर दिएका छन् ।
भिडियोमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको साथमा विश्वराम खड्का मदन गोपाल र माइती नेपालमा बस्ने अन्य बालबालिकाहरु पनि देखिएका छन् । गीतमा अविरल थापाले शब्द कोरेका छन् । भिडियोलाई अनुप थापाले निर्देशन गरेका हुन् । गायक तथा संगीतकार मदन गोपालले आफूले बच्चाहरुका लागि यो गीत तयार पारेको बताए । भिडियोलाई राजिब मानन्धरले खिचेका हुन भने शैलेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस्: