मनिषा न्यूयोर्कमा सम्मानित



mansha koiraबैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पपछि पुर्ननिर्माणमा सहयोग, राहत वितरण देखी अन्य कामहरुमा अतुलनिय योगदान पुराएको भन्दै राष्ट्रसंघले नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइरालालाई ‘जी.ओ.डी. अवार्ड’ अर्थात (ग्लोबल अफिसियल अफ डिग्निटी अवार्ड) बाट सम्मान गरेको छ । न्यूयोर्कमा रहेको केन्द्रिय मुख्यालयबाट उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिन मनिषा स्वयंम उपस्थित भएकी थिइन । अवार्ड लिइसकेपछि कार्यक्रममा मनिषाले भूकम्पबाट प्रभावित भएका व्यक्तिहरुलाई आफुले सकेको सहयोग गर्द पाउँदा निकै खुसी लागेको बताइन । मनिषाले भूकम्पपछि विशेषत सुत्केरी महिलाहरुको लागि विशेष काम गरेकी थिइन । अभिनेत्री मनिषा कोइरालालाई राष्ट्रसंघले भूकम्पपछि नेपालका लागि दूतमा समेत नियूक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu