महेश पनि कुमार, म पनि कुमारी: कोमल ओली



komal-oli-and-mahesh

ठुलोपर्दा डटकम, काठमाण्डौ।
उद्योगमन्त्री एवं युवा संघका पुर्व अध्ययक्ष महेश बस्नेतको आत्मकथा ‘म महेश’ बुधबार एक कार्यक्रमका बिच विमोचन गरिएको छ । एमालेका अध्यक्ष केपी ओलीले आत्मकथाको विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा विभिन्न राजनितिज्ञ, कलाकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै विमोचन कार्यक्रममा अतिथीको रुपमा देखिएकी गायिका कोमल ओलीले पनि नेता महेश बस्नेतको निकै खुलेर तारिफ गरेकी थिइन । कार्यक्रममा बोल्दै उनले भनिन्, ‘म महेश बस्नेत ज्यूसँग निकै नजिक छु किनकी उहाँ पनि अबिबाहित म पनि अबिबाहित त्यसैले पनि म उहाँसँग नजिक हुन चाहन्छु तर उहाँ मलाई देख्न साथ टाढा-टाढा भाग्नु पर्छ ।’ कोमलले यति भन्दा केपी ओली देखी गहृमन्त्रीसम्मले हाँसो रोक्न सकेनन् ।

अझै कार्यक्रममा उपस्थित भएका व्यक्तिहरुको हाँसोले प्रज्ञा भवन पुरै धन्किएको थियो । उनले सोहि हाँसो नरोकिदै थपिन, ‘उहाँ कहिल्यै मेरो छेउ पर्नुभएन । आफू पर-पर जाने, अनि उपाध्यक्षलाई पठाइदिने । त्यसैले म उहाँसित त्यति नजिक हुन पाइनँ ।’ कोमलले दुखेसो शैलीमा भनिन्- ‘महेश भनेको शिवको रुप हो । म पार्वती सम्झिन्छु आफूलाई ।’ तर महेश बस्नेत मलाई देखेपछि पर पर चाँहि किन जानुहुन्छ उनले महेश बस्नेतलाई प्रश्न गरिन । कोमलको हँसिलो प्रश्न सुन्दै गर्दा महेश पनि मुसुक्क मुसुक्क हाँसिरहेका थिए । उनले उक्त कार्यक्रममा केपि ओली मंसिरसम्ममा प्रधानमन्त्री बन्नेमा पनि पुर्ण विश्वस्त रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu