‘बजरंगी भाईजान’ ६ सय करोडमा प्रवेश



bajrangi-bhaijan-mudda

बलीउडस्टार सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाईजान’ले प्रदर्शनमा आएको ४ हप्तामा विश्वभरबाट ६ सय करोडको व्यापार गर्न सफल भएको छ । भारतमा यो चलचित्रको ग्रास कलेक्शन ४२५ करोड भएको छ भने नेट कलेक्शन ३१४ करोडको रहेको बिजनेस विशेषज्ञ तरण आदर्शले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

बजरंगी भाईजानले (चौथा हफ्ता) शुक्र १.४५ करोड, शनिबार २.७२ करोड, आइतबार ३.५१ करोड, सोमबार १.१५ करोड, मगलबार १.०२ करोड, वुधबार ०.९६ करोड गरि जम्मा ३१४.०४ करोडको व्यापार गरेको छ । कबीर खान निर्देशित यो चलचित्रले ४ हप्तामा विदेशमा १७५.५३ करोडको व्यापार गरेको बताइएको छ । चलचित्र बजरंगी भाईजानको डामेस्टिक ४२५ करोड र ओवरसीज कलेक्शन १७५ करोड मिलाउँदा यो चलचित्रको वर्ल्डवाइड ग्रास बिजनेस ६०० करोडको भएको छ ।

आमिर खान अभिनित चलचित्र पिकेपछि सलमान खानको चलचित्र बजरंगी भाईजान दोस्रो भारतीय चलचित्र बनेको छ जसले ६ सय करोडको आकडा पार गरेको छ । एक बालिकाको दुखत कथा, करिनाको सलमानसँग प्रेम सँगै बजंरगी अर्थात सलमान खानले गर्ने पाकिस्तान यात्राको कथालाई चलचित्रले प्रस्तुत गरेको छ । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ । सलमानसँग यस चलचित्रमा हर्षाली मल्होत्रा, करिना कपुर, नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu