शाहरुखको ‘दिलवाले’लाई नचल्दै दुई सय करोड



Shaharukh-and-kajol

लामो समयपछि एकसाथ ठुलो पर्दामा देखिन लागेका बलिउडस्टार शाहरुख खान र काजोल देवगन अभिनित चलचित्र ‘दिलवाले’ प्रदर्शनमा नआउँदै सय करोडमा प्रवेश गरेको छ । यस चलचित्रका निर्माता समेत रहेका शाहरुख खानले रिलिज नहुँदै चलचित्रका विभिन्न अधिकार बेचेपछि ‘दिलवाले’ले नचल्दै करीव दुई सय करोड कमाई गर्ने निश्चित भएको हो ।

दिलवालेलाई भारतीय वितरकले १ सय ३० करोड दिएका छन् । त्यस्तै ओभरसिज राईटवाट ४० करोड, सोनी म्यूजिकबाट १५ करोड, टेलिभिजन राइट्का लागि ४५ करोड गरि चलचित्र ‘दिलवाले’ले सय करोड भन्दा बढिको लगानी उठाइसकेको छ । चलचित्रको सुटिङ ६० करोडमा सकिएको थियो भने निर्माताले १५ करोड पब्लिसिटीका लागि छुट्याएका छन् ।

बलिउडकै सर्वाधिक बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘दिलवाले’ मा शाहरुख र काजोलको रोमान्टिक प्रेम देख्न सकिन्छ । रोहित सेट्टी निर्देशित यो चलचित्रमा शाहरुख र काजोलको अलवा नायक बरुण धवन र नायिका कृती सनोन पनि चलचित्रमा देखिनेछन् । चलचित्रलाई यसै बर्षको क्रिसमसमा प्रदर्शनमा ल्याइँदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu