‘तिन घुम्ती’ को ट्रेलर रिलिज (भिडियो)



tin-ghumti-triler

नेपालका तत्कालिन प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘तिन घुम्ती’ मा आधारित भएर निर्माण भएको चलचित्र तीन घुम्तीको ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा नायिका गरिमा पन्त, ध्रुव दत्त, सुशान्त कार्की लगायतका कलाकारहरु देखिएका छन् ।

चलचित्रमा ‘पिताम्बर’ नामक पात्रको भूमिकामा ध्रुव देखिन लागेका छन् भने गरिमा ‘इन्द्रमाया’को भुमिकामा देखिँदैछिन् । चलचित्रमा गरिमा, ध्रुव र सुशान्तका अलवा भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, तीर्थ थापाको पनि अभिनय छ ।

बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा कर्मा प्रोडक्शनको लगानी छ । चलचित्रको ८० प्रतिशत छायांकन बन्दीपुरमा गरिएको थियो । चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको गीत रहेको छ । चलचित्रको हालसम्म प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu