नायक निरज बराललाई पुत्रलाभ



niraj-baral's-son

नायक निरज बराल पहिलो पटक छोराका बाबु बनेका छन् । मंगलबार दिउँसो निवेदिता बराल ‘ढकाल’ को कोखबाट छोराको जन्म भएको हो ।

आफ्नो आधिकारिक फेसबुक मार्फत निरजले छोराको नाम ‘निर्वान बराल’ र फोटो पोष्ट राख्दै खुसी बाँडेका छन् । ४ बर्ष अगाडी निवेदितासँग विवाह गरेका निरज अहिले अमेरिकामा छन् । गत बर्षको कार्तिकमा निरज आफैले निर्माण गरेको चलचित्र स्टुपिड मन रिलिज भएपछि उनी श्रीमती सहित अमेरिका उडेका थिए ।

निरजले केहि दिन अगाडी मात्र श्रीमती प्रेगनेन्ट भएको तस्बिर सार्वजनिक गरेका थिए । आफ्नो छोराको फोटो फेसबुकमा पोष्ट गरेपछि यति बेला निरजलाई बधाईको ओहिरो लागेको छ । नायक निरज बराल र निवेदिता बराललाई सन्तान सुख प्राप्ती भएकोमा ठुलोपर्दा डटकम परिवार पनि हार्दिक बधाई व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu