‘होस्टेल रिटर्न्स’ हेर्न अभिभावक चाहिने



hostel-returns

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र ४ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ लाई हेर्न अब १६ वर्ष भन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्ने भएको छ । बुधवार केन्द्रिय चलचित्र जाँचपास समितिले ‘होस्टेल रिटर्न्स’ लाई पिजी सर्टिफिकेट दिएको हो ।

चलचित्रको केहि दृश्य भलगर भएका कारण सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको बताइएको छ । तर चलचित्रका निर्माता सुनिल रावलले भने सेन्सर बोर्डका सदस्यहरुले चलचित्र ‘होस्टेल रिटर्न्स’ मनपराएको बताए । यो चलचित्रलाई यसअघि ‘सायद’ र ‘होस्टेल’ बनाएर सफल रहेका सुनिल रावलले निर्माण गरेका हुन् ।

hostel-returns-pg

चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका छन् । ‘होस्टेल रिटर्न्स’मा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का, अभय बराल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । निर्माता रावल पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, स्वप्निल शर्माको संगीत, चन्द्र पन्तको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu