रेखालाई श्यामको प्रश्न ‘बैनी के म गलत थिएँ त ?’



Shyam-rekha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र हिम्मतवालीको छायांकनको बेला लात हानेर रेखाले निर्देशक श्याम भट्राईलाई निकालेको भन्ने खबरपछि उनीहरु एकअर्काको दुश्मन जस्तै छन् । एकअर्काको कुरा कहिँ कतै नखोले पनि उनीहरुको सम्बन्ध राम्रो छैन । आज नायिका रेखा थापाले आफ्नो ३२ औं जन्मदिन मनाउँदै छिन् । उनलाई हिजो देखी नै जन्मदिनको शुभकामना आँउने क्रम जारी छ यहि अबस्थामा उनलाई शुभकामना दिनेहरुको भिडमा उनै निर्देशक श्याम भट्टराई पनि परेका छन् ।

Subscribe us on YouTube:-

उनले आफ्नो फेसबुकमा रेखा र आफु कुरा गरिरहेको फोटो राख्दै लेखेका छन्, ‘आज तिम्रो जन्मदिन, तिम्रो सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना । मैले अन्तरमनबाट तिमीलाई वैनी मानेर व्यवहार गरेको प्रतिफल मेरो भागमा वदनामी दिएपनी हिजोको दिनहरू याद आँउछ वैनी । नयाँ पत्रिका दैनिकमा तिम्रो बारे लेखेको मेरो लेख अहिले नि याद आँउछ । आज पनि तिमीलाई शुभकामना । दुश्मनले ग़लत सल्लाह दियो कि या त तिमीले मलाई ग़लत भेट्यो कि , तिमीले आज सम्म यो कुरा प्रस्ट गरिनौ । आज म सात समुन्द्र पारी छु मलाई कुनै लेनदेन पनि छैन । अन्तर हृदयदेखी भन वैनी के म ग़लत थिएँ त ?’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu