‘बिग बोस ९’ पनि सलमानकै पोल्टामा



Salman-khan-big-boss-9
बलीउडस्टार सलमान खानले नै ‘बिग बोस ९’ होस्ट गर्ने भएका छन् । लगातार तिन पटक बिग बोस होस्ट गरिसकेका सलमानको कार्यक्रम चलाउने शैलीले उनलाई नै पुन बिग बोस ९ चलाउँने प्रस्ताव राखिएको थियो ।

Subscribe us on YouTube:-

केहि दिन देखी कलर्स च्यालन र सलमान बीच चलेको छलफलपछि उनले यो शो होस्ट गर्ने निर्णय गरेका हुन् । यो पटकको सलमान बिग बोस ९ लाई केहि फरक गर्न चाहन्छन् । भारतीय सञ्चारमाध्यमहरुले बताए अनुसार सलमानले केहि दिन भित्रमा नै बिग बोस ९ को औपचारिक जानकारी दिदैछन् ।

गएको बर्ष केहि पारिवारिक कारणले अन्तिममा महिला निर्देशक फराह खानलाई होस्ट गर्ने जिम्मा दिएका सलमान यो पटक भने सम्पुर्ण श्रृखलालाई आफैले होस्ट गर्ने बताइएको छ । बिग बोस ९ मा सलमानलाई हटाएर बलिउडस्टार शाहरुख खान राख्ने हल्ला पनि चलेको थियो तर सलमानलाई नै दर्शकहरुले अत्याधिक रुचाइएको कारण कलर्स च्यानलले पुन: सलमानलाई नै होस्ट गर्ने जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu