बलीउडका चर्चित अभिनेत्रीहरु, जसले अत्याधिक रक्सी पिउँथे



बलीउडका चर्चित अभिनेत्रीहरु पनि कुनै समय रक्सी पिएर मातिन्थे भन्दा सायद तपाईहरुले नपत्याउनुहोला । तर कयौँ चलचित्रमा तपाईले धेरै पटक पर्दामा हेरिसकेका अभिनेत्रीहरु पनि एक समय रक्सी पिउँथे । एक अभिनेत्री मीना कुमारीले रक्सी पिएकै कारण ज्यान गुमाउन पर्यो । यस्ता केहि बलीउड अभिनेत्रीहरुको विषयमा हामी कुरा गर्दैछौँ ।

Subscribe us on YouTube:-

मीना कुमारी
बलीउडकी एक जमनाकी चर्चित अभिनेत्री मीना कुमारी अत्याधिक रक्सी पिउँने अभिनेत्रीमा गनिन्थिन् । उनी रक्सी विना एक दिन पनि कटाउन नसक्ने बताइन्छ । उनीको ३९ बर्षको उमेरमा अत्याधिक रक्सी सेवन गरेका कारण निधन भएको थियो ।
Meena-Kumari

राखी गुलजार
राखी गुलजार पनि अत्याधिक रक्सी पिउँने अभिनेत्रीको रुपमा गनिन्छन् । यहाँ सम्मकी जब राखीका पूर्व पतिले मीना कुमारीसँग मिलेर उनलाई धोका दिएका थिए । त्यसपछि राखीले रक्सीको साहरा लिएकी थिइन् । तर अहिले उनी पुर्ण रुपमा नशा मुक्त रहने गरेको बताइन्छ ।
rakhi-gujlar

सिल्क स्मिता
बलीउड चलचित्रकी चर्चित अभिनेत्री सिल्क स्मिता पनि रक्सी पिउँने अभिनेत्री मध्यकी एक हुन् । एक समय थियो बलीउडमा उनको मात्रै चलचित्र प्रदर्शन हुन्थे र निर्माताहरुले पनि चलचित्रमा उनलाई मात्रै लिने गर्थे तर विस्तारै उनको माग र चर्चा बलीउडमा कम हुन थालेपछि उनले रक्सीको साहरा लिन थालेकी थिइन् ।
Silk-Smita

जया बच्चन
तपाईलाई यो खबर सुनेपछि आचश्र्यमा पर्नु हुन्छ होला । बलीउडका मेगास्टार अमिताभ बच्चनकी श्रीमती जया बच्चन पनि एक समय अत्याधिक रक्सी पिउँने अभिनेत्री थिइन् ।
Jaya-Bachchan

मनिषा कोइराला
नेपाली मुलकी बलीउड अभिनेत्री मनीषा कोइरालाले क्यान्सर र डिप्रेशन जस्तो बिरामीबाट बाँचेर नयाँ जिन्दगी सुरु गरेकी छिन् । एक समय मनिषा अत्याधिक रक्सी सेवन गर्थिन् । प्रेममा धोका र करियर लगभग लगभग सखाप हुने अवस्था हुँदा उनले पनि रक्सीको साहरा लिन पुगेकी थिइन् ।
Manisha-Koirala

कोंकणा सेन
एक जमनाकी चर्चित अभिनेत्री कोंकणा सेन पनि कुनै समय रक्सी र चुरोटको भरमा समय विताउने गर्दथिन् । तर उनले २०१० मा रक्सी र चुरोट छोड्ने फैसला गरेकी थिइन् ।
Kokana-Sen

सुष्मिता सेन
एक समय सुष्मिता सेनकै बलीउडमा राज थियो भन्दा फरक पर्दैन । उनै अविवाहित सुष्मिता पनि कुनै समय रक्सी पिउँने गर्थिन् । सुष्मिता रक्सी पिउँन र जुवा खेल्न निकै शौखिन थिइन् ।
Susmita-Sen

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu