तीज प्रसंग: बिहे गर्न शिवले नजुराएका लोक गायिका



ठुलोपर्दा डटकम, काठमाण्डौ।
सदाबहार लोकगायिकाको छवि बनाएकी विष्णु माझीलाई स्टेज कार्यक्रममा भने देखिदैन । व्यवसायिक रुपमा महंगी गायिका भनेर चिनिने बिष्णु माझी बाहेक नाम कमाएका गायिकाहरु लक्ष्मी न्यौपाने, हरिदेवी कोईराला, शिवा आले, शिला आले, शर्मिला गुरुङ र विमाकुमारी दुरा फुर्सदमा बसेका जस्ता देखिन्छन् भने उनीहरुपछि आएका र उनीहरुका केही लोकगायिकालाई देश विदेशका स्टेज शो र एल्बम निकाल्न भ्याई नभ्याई छ ।

Click Here to Watch Entertaining Videos
कोमल ओलीदेखि ज्योति मगरसम्मका लोकगायिकाले आजकाल स्टेज शो र गायकीबाट उल्लेखनीय आम्दानी गर्न थालेका छन् भने उनीहरुको नाम पनि त्यत्तिकै लोकप्रिय छ । महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिँदै गर्दा अविवहित गायिकाहरुको बढि कुरा आउने गर्छ । त्यसैले पनि होला यो पटकपनि केहि अविवाहित लोकगायिकाहरुलाई अहिले यहि कुराले पुन: सताएको छ । जहाँ गएपनि, जसलाई अन्तरर्वाता दिए पनि कहिले बिहे गर्नु हुन्छ भनेर धुरुक्कै पार्ने फ्यान र पत्रकारहरुलाई उनीहरुले एक दिन होला नी भन्दै टार्ने गरेको पनि बर्षौँ भइसकेको छ । आज हामी यिनै केहि अविवाहित लोकगायिकाहरुको विषयमा कुरा गर्दैछौँ ।

कोमल ओली
ढल्कँदो उमेरमा पनि सँधै चर्चा र व्यस्ततामा रहने लोक गायिकाको पहिलो पगरी कोमल ओलीलाई पहिराई दिए फरक पर्दैन । दाङ्मा जन्मेकी ओलीको व्यस्तता र चर्चा देश र विदेश सबैतिर छ । लोकगायिका ओलीले माईक समाएर गाउन थालेको ४० को दशकदेखि हो । रेडियो नेपालको समाचार शाखामा स्थायी कर्मचारी भए पनि देश विदेशका स्टेज र महोत्सवमा ओलीको बाक्लो उपस्थिति हुन्छ ।

Komal-Oli

कोमल ओलीको समाचार जति प्रष्ट हुन्छ, गीत गाउँदा स्वर उति नै सुरिलो र ठट्यौली हुन्छ । स्टेजमा भरपर्दो कार्यक्रम प्रस्तोताको रुपमा पनि त ओलीको चिनारी छँदैछ । लोक संगीतकै आम्दानीले नीजि गाडी जोडेकी अविवाहित कोमल ओलीलाई रोमाण्टिक लोकगीतमा अझै कसैले टक्कर दिन सकेको छैन । नाम धेरै अगाडि कमाए पनि पोईला जान पाम् बोलको गीतपछि ओलीलाई लगातार विवाद र चर्चाले छाडेन । विवाद र चर्चासँगै आएका ओलीका प्राय सबै गीत चर्चित पनि छन् ।

नाम, दाम र कामका हिसाबले पनि ओलीलाई सदाबहार गायिका मानिन्छ । हुन त महिलाको उमेर र पुरुषको आम्दानी सोध्न हुँदैन भन्ने चलन छ हामीकहाँ, तर कोमल ओलीलाई सितिमित कसैले पनि उमेर र कमाई सोध्दैन । ओलीको ख्याति सेनाबीच अझ धेरै छ । यसरी गीतमार्फ चर्चा कमाएपनि अविवाहित कोमलले कहिले बिहेको भोज खुवाउने हुन् त्यो सबैले कुरेर बसेका छन् ।

मुना थापा
तीन एल्बम बजारमा ल्याएपछि चर्चाको चुली चढेकी लोकगायिका मुना थापाको जन्मथलो गोरखाको मनकामना गाविस हो । करीब ९ सयभन्दा बढी लोकगीतमा स्वर दिएकी मुना थापा २०६१ सालमा गाउनकै लागि काठमाडौं पसेकी हुन् । गोरखाबाट आएको हावा झैँ मुनाका गीतहरु पनि चिसो चिसो हावा सरर… रुमाल फरर, तिते करेली, तिमी राम्रो हाँसोले स्रोताको मन जितेका छन् ।

muna-thapa

आम्दानी ठ्याक्कै भन्न अप्ठ्यारो मान्ने मुना थापाले महिनामा एक लाख रुपैयाँ भन्दा कम नकमाउने कलाकारमा पर्छिन् । अहिलेसम्म अविवाहित मुनाले मलेसिया, हङकङ, जापान, अष्ट्रेलिया, युके लगायतका देशमा गएर गाईसकेकी मुनाको नाम नेपालका धेरै स्टेज शोहरुमा गाउने कलाकारका रुपमा पनि आउँछ । उनले पनि प्रत्येक बर्षको तिज नजिकदै गर्दा बिहेको प्रसंग उठ्ने हुनाले अर्को बर्ष सोचौला भन्दै कुरा मोड्दै आएकी छन् ।

सुनिता दुलाल
सिन्धुपाल्चोकमा जन्मेकी सुनिता दुलालको परिचय भिजे, मोडेल आरजे सबै हुन् । तर पनि पछिल्लो समयमा उनको परिचयले सफल गायिकाको पगरी पाएको छ । स्टेज कार्यक्रममा दर्शक र श्रोतालाई मनोरन्जन दिलाउन सिपालु सुनिताका फ्यान् देश र विदेश सबैतिर छन् । सुनिताले गाएका “आमाले पकाएको मिठो खाना, अव त मैले पनि झुम्का लगाउछु र मेरै दिलमा फुल्यौ निरमाया” पछिल्ला समयमा श्रोताको मुखमुखमा झुन्डीएका गीतहरु हुन ।

Sunita-Dulal

गीत गाउनकै लागि अमेरिका, युरोपेली मुलकहरु, दक्षिण कोरिया, जापान, मलेसिया , हङकङ, लगायत देशहरुमा पुगिसकेकी अविवाहित सुनिता आफ्नो गीतको म्युजिक भिडियोमा आफै मोडल भएर देखिन्छिन् ।

ज्योति मगर
चल्तिका लोक गायिकाहरुमध्ये हट, हीट एण्ड सेक्सी छविकी ज्योति मगर जहाँ पुगे पनि तहल्का मच्चाएर फर्किन्छिन् । पछिल्लो समय कार्यक्रममा दुवई पुगेकी ज्योति स्टेजमा चढ्नासाथ हलमा हचलच मच्चियो । उपस्थित युवा जमात उनको नजिक पुग्न खोज्यो । स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि झण्डै कार्यक्रम नै रोक्नु परेको खबर विभिन्न अनलाईले दिए ।

Jyoti

ज्योतिले लगाएको कपडा समाज सुहाउँदो नभएको भन्दै नेपाल टेलिभिजनले केही महिना अघि उनको अन्तरवार्ता प्रसारणमा रोक लगाएको थियो । महोत्सव र साँस्कृतिक कार्यक्रममा दर्शक र आयोजकको पहिलो रोजाई बन्नुको कारण उनका ग्लामरस् गफ, उत्तेजक पहिरन र प्रस्तुतिलाई मानिन्छ । उनी पनि जीवन साथीको खोजीमा रहेको भएपनि अहिलेसम्म मन खाने कोहिँ नभेटेको भन्दै बिहेको प्रसंगबाट टाढिन खोजिरहन्छिन् ।

“पिरतीमा दम छ, अघि मैले, मन किन टाढा भयो, मायासँग, उही मुलाको सिन्की, चौबन्दी चट्टै तथा जिम्वाल बाउकी छोरी” जस्ता एल्बम बजारमा ल्याइसकेकी ज्योतिको माग देश विदेशमा धेरै नै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu