राजवल्लभको हलीउड चलचित्र असोज ८ बाट



highway-to-dhampus
नेपालमा जेठ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भनिएको नेपाली अभिनेता राजवल्लभ कोइराला अभिनित हलीउड चलचित्र ‘हाइवे टू धम्पुस’ असोज ८ गतेबाट प्रदर्शनमा आँउने भएको छ । बैशाख १२ गते नेपालमा गएको भूकमपपछि यो चलचित्रको नेपाल प्रदर्शन मिति रोकिएको थियो ।

Click Here to Watch Entertaining Videos
बिहिबार राजबल्लभले पुन आफ्नो आधिकारिक फेसबुकमार्फत असोज ८ गतेबाट नेपालमा चलचित्र ‘हाइवे टू धम्पुस’प्रदर्शन हुने जानकारी दिए । नेपालको धम्पुस, पोखरा, काठमाण्डौ र अमेरिकामा छायांकन गरिएको यस चलचित्रमा नेपाली नायक राजबल्लभ कोइरालासँगै सुएसा राणा, सुनिल श्रेष्ठ, देशभक्त खनाल,सायुस गुरुङ बज्राचार्य लगायतका नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । साथै सो चलचित्रमा रिचेल हर्डवुड, गार्नर राइट, सोफी म्याकसेसी, भिन्जेन्स किएराको मुख्य भूमिका छ ।

‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिस राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आँउने परिवर्तनलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा नायक राजबल्लभ कोइराला पाइलटको भूमिकामा देखिएका छन् । चलचित्रलाई रिक म्याकफारलान्डले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu