दर्शक पेट मिची-मिची हाँस्छन्, आँखा मिची-मिची रुन्छन्: संयम पुरी (भिडियो)



Samyam-lub-sab
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कमेडी चलचित्र लव सबको यति बेला संवादहरु निकै चर्चामा छन् । अझ चलचित्रका कलाकार सलोन बस्नेतले सार्वजनिक ट्रेलरमा “कल सेन्टरमा” बोलको संवाद झन यूवा पुस्ताको मुखमा राम्रै झुण्डिएको छ ।

चलचित्रको प्रचार प्रसारमा कुनै कमी नराखेको चलचित्र लव सब यूनिटले चलचित्र उत्कृष्ट बनेको दाबी गरेको छ । ठुलोपर्दा डटकमसँगको विशेष कुराकानीमा चलचित्रका कलाकार संयम पुरीले चलचित्र लव सबले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने बताए ।

उनले भने —“चलचित्र लव सबका संवादहरु मात्र होइनन् कथाले पनि केहि सन्देश बोकेको छ ।” उनले अगाडी थप्दै भने —“दर्शकहरुले चलचित्र हेरुन्जेल कतै पनि दिक्क मान्नु हुने छैन ।” अहिलेको यूवाहरुको जल्दो बल्दो अवस्थालाई चलचित्रले मार्मिक तरिकाले उठान गरेको उनले सुनाए । ‘तपाईले चलचित्रमा दर्शकहरुलाई के दिनुहुन्छ ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मैले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन्छु र म पहिलो पटक चलचित्रमा लाटो बहिरोको भुमिकामा देखेको कारण पनि दर्शकहरुले चलचित्रमा मलाई अहिलेसम्मकै फरक चरित्रमा पनि देख्न सक्नुहुन्छ ।’

चलचित्रमा आफ्नो मात्र भुमिका महत्वपुर्ण भएर चलचित्र राम्रो नहुने उनले अगाडी खुलाउन भ्याए । उनी भन्छन्, ‘मेरो मात्र भुमिका मन पराएर हुँदैन । चलचित्रमा मेरो मात्र काम मन पराइदिए मलाई मात्र व्यक्तिगत फाइदा होला तर मेरो काम भन्दा पनि समग्र चलचित्र दर्शकहरुले मनपराउँनु पर्छ ।’ उनका अनुसार चलचित्र लव सब हेरिरहँदा ‘दर्शक पेट मिची मिची हाँस्छन् र आँखा मिची मिची रुनेछन् ।’
कमेडी लभस्टोरी चलचित्र ‘लव सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लव सबमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ ।

हेर्नुहोस् संयम पुरीसँगको कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu