सुरु भएकै हो त रणबीर र कैटरीनाबीच दरार ?



ranveer-and-kaitrina
प्रेम सम्बन्धको विषयलाई लिएर बेला बेलामा राम्रै चर्चामा आउने बलीउडको प्रेमजोडी अभिनेता रणबीर कपुर र अभिनेत्री कैटरीना कैफको सम्बन्धमा दरार सुरु भएको अनुमान बलीउडमा चल्न थालेको छ ।

Click Here to Watch Entertaining Videos
गत हप्ता एक फेशन सप्ताहका रणबीर कपुरले फेशन डिजाइन मनिष मल्होत्राका लागि क्याट वाक गरेका थिए । आफ्ना प्रेमीको फेशन क्याट वाकमा प्रेमिका कैटरीना भने उपस्थित थिइनन् । सोही कारण अहिले कैटरीना र रणबीरबीचको सम्बन्धमा दरार आएको भारतीय संचारमाध्यमले अड्कल काटेका छन् । रणबीरको क्याट वाक गरेको साँझ कैटरीना भने आफ्ना साथीसँग घरमा पार्टीमा थिइन् ।

जसका कारण यी दुई जोडीबीचको सम्बन्धमा दरार आएको अड्कल काट्न संचारमाध्यमलाई समय लागेन । पछिल्ला केहि दिन यता रणबीरलाई भेट्न पनि उनी घर जाने नगरेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् । तर कैटरीनाले क्याट वाकमा उपस्थिती नजनाउनुको विषयमा मुख भने खोलिसकेकी छिन् । उनले आफू एक प्रख्यात कस्मेटिक ब्राण्डसँग आबद्ध भएका कारण रणबीरको फेशन शोमा उपस्थित हुन नपाएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu