माग्ने बुढालाई जब दिपाश्रीले उचालिन् …



deepashree-and-magne-buda
ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज १ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली कमेडी चलचित्र वडा नम्बर ६ को यूनिट यति बेला प्रचार प्रसारमा आक्रमक तरिकाले अगाडी बढिरहेको छ । शनिबार चलचित्रको जम्बो यूनिटले प्रचार प्रसारको क्रममा बालाजुस्थित माछापोखरी चोकमा पुगेर सयौको संख्यामा उपस्थित दर्शकहरुलाई वडा नम्बर ६ हेर्न आग्रह गरे ।

कार्यक्रममा ‘वडा नं ६’ का कलाकारहरु दिपकराज गिरी, सिताराम कट्टेल, केदार घिमिरेले रमाइलो तवरले चलचित्रबारे जानकारी गराउँदै दर्शकलाई मनोरञ्ज दिए । निमात्री एंव ‘वडा नं ६’ की विशेष पात्र दीपाश्री निरौलालाई स्टेजमा चलचित्रका अन्य कलाकारहरुले उचाल्दा अझ कार्यक्रम रोमाञ्चित बनेको थियो । दिपाश्रीलाई उचाल्नेमा माग्नेबुढा, दिपकराज र कोरियोग्राफर शंकर बिसी रहेका थिए ।

दिपाश्रीले पनि माग्नेबुढालाई उचाल्ने भ्याएकी थिइन । सोहि क्रममा संगीतकार, गीतकार एवं गायक राजनराज सिवाकोटीले चलचित्रमा समावेश ‘सुर्के थैली खै’ बोलको गीत गाए, जुन लोक लयको गीतलाई श्रोताले मन पराइरहेका छन् । त्यस्तै कलाकार राजाराम पौडेले रमाइलो गीत गाएर दर्शकलाई मनोरञ्ज दिए । निर्मात्री दीपाश्री निरौलाले फिल्म रिलिज नहुँदा सम्म शहरका मुख्य मुख्य चोकमा यस्तै कार्यक्रम गरि माइकिङ समेत गरिने बताइन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् । यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिदैछन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu