नेफ्टामा स्वेतालाई बाबुरामको कविता, स्वेताले पनि दिदैछिन् विशेष प्रस्तुती



sweta
ठुलोपर्दा डटकम।
श्रीमान श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त अबस्थामा रहेकी नायिका स्वेता खड्का श्रेष्ठले असोजको ७ गते कतारमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’मा विशेष प्रस्तुती दिने भएकी छिन् ।

Click Here to Watch Entertaining Videos
स्वेता र श्रीकृष्ण श्रेष्ठ अभिनित चलचित्र कोहिनूरको के म तिम्रो होइन र बोलको गीतमा नायिका आश्मा डीसी र नायक संयम पुरीले नृत्य गरेपछि नायिका स्वेताले आफ्नो विशेष प्रस्तुती दिने छिन् । खबरका अनुसार उनले अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत भने गर्ने छैनन् । स्वेताले श्रीकृष्णलाई सम्झदै केहि नयाँ प्रस्तुती दिने तयारीमा छिन् ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले स्वेतालाई विशेष प्रस्तुतीका लागि आग्रह गर्दा उनले सहर्ष स्विकार गरेकी थिइन् । अवार्डका लागि कार्यक्रम सूची तयार पारिरहेका बाबुराम दाहालले स्वेतालाई एक मन छुने कविता वाचन गराउने तयारी गरिएको बताए । अहिले ‘आठौ नेफ्टा फिल्म अवार्ड’ को तयारी कतारमा अन्तरराष्ट्रिय कलाकार मञ्चले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu