‘बिग बोस’मा ‘डबल ट्रबल’ गर्दै सलमान



big-boss-double-trouble
भारतको सबैभन्दा ठुलो र चर्चित रियालिटि शो बिग बोसको ९ औ सिजनको प्रोमो बाहिर आएको छ । सोमबार कलर्स टेलिभिजनले बिग बोस ९ को प्रोमो सार्वजनिक गरेको हो ।

Click Here to Watch Entertaining Videos
बलीउडका सुपरस्टार सलमान खानले सञ्चालन गर्ने बिग बोस ९ को सार्वजनिक प्रोमो आर्कषक देखिएको छ । सलमानले प्रोमोमा ‘डबल टर्बल’ भन्दै देखिएका छन् । स्न्याप डिलको प्रस्तुती रहेको बिग बोस ९ लाई कसर्ल च्यानलले आयोजना गरेको छ । चलचित्र प्रेम रतन धन पायो र सुल्तानको छायांकनमा व्यस्त सलमानले बिग बोस ८ सकिएपछि अब बिग बोस ९ मा रणबीर कपूर र शाहरुख खान मध्य एक हुने भन्दै खबर बाहिर आएको थियो तर यस विषयमा सलमानले केहि पनि बोलेका थिएनन् ।

बिग बोस चलाउन सलमान नै उत्तम हुने भएकाले शोका निर्माताहरुले सलमानलाई नै दोहोराएका हुन् । सलमानले बिग बोस ९ सञ्चालन गरे बापत प्रत्येक शोबाट १० करोड भारतीय रुपैयाँ पाउनेछन् ।

प्रोमो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu