ठुलोपर्दा डटकम, काठमाण्डौ।
ट्रि इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘बागमती’को संवाद टिज रिलिज भएको छ । टिजरमा चलचित्रका नायक राजेश हमालले बोलका डाइलगहरु समावेश गरिएको छ ।
Click Here to Watch Entertaining Videos
दर्शकका मुख मुखमा झुण्डिने खाल्का डाइलगहरुले चलचित्र ‘बागमती’लाई केहि उचाईमा पुराउने अडकल काटिएको छ । ४ मिनेट लामो डाइलग विशेषत हमालका फ्यानहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको छ । चलचित्रमा कंचन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।
यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्धारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ । रमेश कुमारले निर्देशन गरेको चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ । चलचित्रमा राज कुमार उप्रेति द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ ।