दुबईबाट ‘मरिना’को घोषणा, आर्यन पनि उपस्थित



Marina-Announce
ठुलोपर्दा डटकम।
दुबईको फुजेरामा भएको तिज उत्सव कार्यक्रममा नेपाली चलचित्र ‘मरिना’को घोषणा साथै शुभसाइत गरिएको छ ।

Click Here to Watch Entertaining Videos
शुभसाइतमा नायक आर्यन सिग्देल तथा निर्माता रतन थापा र श्याम अर्याल उपस्थित थिए । नायिका प्रियंका कार्कीले भने भिडियो सन्देश पठाएकी थिइन् । अनुप गिरीले निर्देशन गर्ने ‘मरिना’ मिजल पिक्चर प्रोडक्शनको ब्यानरमा बन्ने छ । साथै सोहि अवसरमा नायक सिग्देलले नेपाली कलाकार समुहको उद्घाटन समेत गरेका छन् ।

रतन थापाको आयोजना र देव विकको सह-संयोजनमा दुबईको फुजेरामा तीज उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी हुन दुबई पुगेकी नायिका रेखा थापाले एक भाग्यमानी दर्शकलाई ६० हजार पर्ने एक औठी समेत हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा नायिका रेखा थापा, नायक तथा निर्माता श्याम अर्याल, हाँस्यकलाकारहरु किशोर भण्डारी ‘डिठ्ठा साब’, रेश्मा तिमिल्सना, पर्शुराम रिजालको तथा लोक गायिका मिना अधिकारीको सहभागीता रहेको थियो भने कार्यक्रममा सयौँ व्यक्तिहरुको उपस्थिती भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu