‘कालो पोथी’लाई राजकुमार राईको बधाई



Kalo-Pothi
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘कालो पोथी’ले इटालीमा सम्पनन संसारको सबैभन्दा पुरानो फिल्म फेस्टिभल अर्थात् भेनिस फिल्म फेस्टिभलको ७२ औं संस्करणमा एक अवार्ड जितेपछि यति बेला चलचित्रको जम्बो टिमलाई बधाईको ओईरो लागेको छ । पहिलो पटक नेपाली चलचित्रले एतिहासिक उपलब्धि हासिल गरेको भन्दै निर्माण टोलीलाई बधाई दिइएको हो ।

Click Here to Watch Entertaining Videos
त्यहि क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पनि कालो पोथीका निर्माता छिरिङ्ग रितार शेर्पा र निर्देशक मिन बहादुर भामलाई बधाई दिएका छन् । आफ्नो आधिकारिक फेसबुकमा स्टाटर्स लेख्दै कालो पोथीका निर्माता र निर्देशकलाई उनले बधाई दिएका हुन् । साथै उनले उक्त अवार्ड नेपाली चलचित्रक्षेत्रको शिर अझ उच्च बनाएको बताएका छन् । ‘इन्टरनेसनल क्रिटिक्स विक’ तर्फबाट फेस्टिभलमा प्रतिस्पर्धामा रहेको चलचित्र कालो पोथीले सोही विधा तर्फको पुरस्कार जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu