श्रीकृष्ण श्रेष्ठकी आमाको पनि निधन



mother-death-of-shreekrishna

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अमर नायक श्रीकृष्ण श्रेष्ठले संसार त्यागेको १ बर्ष वित्दै गर्दा उनकी ८८ वर्षिय आमा जगत कुमारी श्रेष्ठको वुधबार निधन भएको छ । छोराको निधनपछि अत्यन्तै चिन्तित अवस्थामा रहेकी जगत कुमारीलाई नियमित उपचारका लागि मंगलबार चावाहिलको ओम अस्पताल पुर्‍याइएको थियो ।

खबरका अनुसार उनको वुधबार राती नै उक्त अस्पतामा निधन भएको हो् । यति बेला उनको पार्थिव शरिरलाई अन्तिम दाह संस्कारको लागि पशुपति आर्यघाट पुर्‍याइएको छ । अहिले आर्यघाटमा श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी नायिका स्वेता खड्कासँगै श्रीकृष्णका दाजुहरु रहेका छन् भने केहि चलचित्रकर्मीहरुको पनि उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu