‘चपली हाइट’की विनिता अमेरिकामा स्कूल पढ्दै



Beenita-Baral-USa-school
चलचित्र ‘चपली हाइट’मा हट अवतारमा प्रस्तुत भएपछि राम्रै आलोचना खपेकी नायिका विनिता बराल अहिले अमेरिकामा छिन् । पछिल्लो समय कृषि पेशा अंगालेकी विनिता कृषी सम्बन्धी अध्ययनका लागि नै अमेरिका उडेकी हुन् ।

Click Here to Watch Entertaining Videos
उनले कृषी सम्बन्धी अध्ययनका लागि उनीले छात्रावृत्ति पाएकी थिइन् र अहिले उनी त्यसैका लागी अमेरिकामा रहँदै आएकी छिन् । काठमाडौंको टोखामा जग्गा भाडामा लिएर कृषि पेशा गरिरहेकी विनिता २ बर्षका लागि कृषि सम्बन्धी अध्ययन गर्न अमेरिका गएकी हुन् । अमेरिकाबाट विनिताले उक्त कृषी सम्बन्धी विषय १६ महिना पढ्नुपर्ने र ६ महिना अमेरिकामा नै इन्टर्नसिप गर्नु बताएकी छिन् ।

विनिताले आफु डिसेम्बर महिनामा नेपाल आउने पनि बताइन् । उनले भनेकी छिन्, ‘मद्वारा लिखित कृषि पुस्तक विमोचनका लागि डिसेम्बरमा नेपाल आउँछु र फेरी अमेरिका फर्कनेछु ।’ उनले २७ लाखको कोर्स १३ लाखमा गर्न पाएकोमा खुशी पनि व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu