धुर्मुस र सुन्तलीले बनाएको गाउँ हेर्न बाबुराम पुग्दा …



babauram-at-ahariठुलोपर्दा डटकम, काभ्रे।
यति बेला रियल हिरो बनेका ‘धुर्मुस–सुन्तली’ले पाँचखाल–१६, पहरी गाउँमामा निर्माण गरेको ‘धुर्मुस–सुन्तली एकिकृत नमुना वस्ती’ हेर्न पूर्व प्रधानमन्त्री तथा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पुगेका छन् ।

Click Here to Watch Entertaining Videos
बाबुरामले सरकारले बनाउनु पर्ने मोडल हाँस्य कलाकारहरुले बनाएकोमा खुशी समेत व्यक्त गरे । पहरी बस्तीको अवलोकन सँगै खाना खाएर फर्किएका बाबुराम भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै भने -‘सरकारले मोडल बनाएपछि अरुले त्यसलाई फलो गर्नुपर्ने हो । तर, अब सरकारले यो मोडलको फलो गर्नुपर्छ ।’

बाबुरामले धुर्मुस–सुन्तलीले बनाउको नमुना गाउँ वास्बमै नमुना गाउँ रहेको भन्दै तारिफ गरेका थिए । गाउँ हेर्न बाबुरामसँगै धुर्मुस–सुन्तलीपनि सहभागी थिए । यस अघि उक्त नमुना गाउँ हेर्न पुर्ननिर्माण प्राधिकरण प्रमुख डा.गोविन्दराज पोखरेल पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu