संविधान घोषणा पछि कलाकर्मीहरुले के भने ?



After-Sambidhan
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आइतबार साँझ ६ बज्दै गर्दा राजधानीको नयाँ बानेश्वरमा निकै उत्साह थियो । संविधानसभाबाट राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरे । नयाँ संविधानको स्वागत सारा नेपालीले दिप प्रज्वलन गर्दै गरे । त्यहि क्रममा नेपाली कलाकर्मीहरुले पनि नेपालको संविधानको दिप प्रज्वलन गर्दै स्वागत गरेका छन् ।

Click Here to Watch Entertaining Videos
केहि कलाकर्मीले आफ्नै घरमा दिप प्रज्वलन गर्दै संविधानको स्वागत गरे भने केहि कलाकर्मीहरुले सार्वजनिक ठाँउहरुमा आयोजित दिप प्रज्वलन कार्यक्रममा सहभागी भएर देशमा आएको नयाँ संविधानको स्वागत गरेका थिए । त्यस्तै धेरै कलाकर्मीहरुले सामाजिक सञ्जालमा समेत संविधान आएकोमा खुसी बाडेका छन् ।

गायक बद्रि पंगेनीले अमेरिकाबाट देशमा आएको संविधानको स्वागत गर्दै -‘लामो समयको प्रसव पिडापछि नेपाल आमाले संविधान नामको छोरीलाई जन्म दिएकी छन्, सायद काठमाडौंमा जन्मे र होला छोरी अलि गोरी देखिएकी छन अब उनि हुर्किने छिन बढ्ने छिन र तराई मधेश तिर झर्ने छिन अनि राम्री देखिने छिन् (काली काली गोरी गोरी हिस्सी परेकी) बधाई छ नेपाल आमा तिमीलाई तिम्रा अध्यारा दिनहरु उज्यालोमा परिणत हुँदै छ’ भन्दै फेसबुकमा स्टाटस कोरेका छन् ।

नायिका रेखा थापाले फेसबुकमा संविधानको स्वागत गरेको फोटो हाल्दै संविधानले देशको विकास अगाडी बडोस् भन्दै कामना गरेकी छिन् । नायक जीवन लुईँटेलले पनि -‘सार्वभौम नेपाली जनताले बनाएको संविधान घोषणा हुने ऐतिहासिक दिन । छ दशक लामो अथक प्रयास पछि हामी नेपालीहरुले देखेको सपना पुरा भएको यो क्षण ! सबैले गर्व गर्नै पर्छ ! आशा गरौं शान्ति सम्बृदि र बिकाशको बाटोमा अब राष्ट्र अगाडि बड्नेछ। हामी उठ्नु पर्छ , हामी जुट्नु पर्छ तर अब कदापि हामी फुट्नु हुन्न !जय होस् !’ भन्दै स्टाटस लेखेका छन् ।

नायिका केकी अधिकारीले ‘एक जुगमा एक दिन एक पटक आउँछ’ भन्दै संविधानको स्वागत गरेकी छिन् । चलचित्र निर्देशक सुमन दाहालले संविधान घोषणा भएपछि एक सार्वजनिक ठाँउमा आयोजित दिप प्रज्वलन कार्यक्रममा सहभागी भएको तस्विर पोष्ट गर्दै ‘हर्षको शुभकामना भन्दा अरू के लेखु ?’ भन्दै फेसबुकमा स्टाटर्स हालेका छन् । संविधानको स्वागत यति बेला धेरै कलाकर्मीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu