चार्ल्स शोभराजमाथी बनेको चलचित्रको ट्रेलर सार्वजनिक (भिडियो)



Randeep-huddaa-as-a-charles-shobhraj
अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजमाथी बनेको चलचित्र ‘मै और चाल्स’ को ट्रेलर रिलिज भएको छ । नेपालमै जेल सजाय काटिरहेका चाल्स शोभराजको आपराधिक जीवनमाथी बनेको बायोपिक चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो ।

Click Here to Watch Entertaining Videos
यस चलचित्रमा बिकनी किलर शोभराजको भुमिका रणदीप हुड्डाले निर्वाह गरेका छन् । निर्देशक प्रवाल रमणका अनुसार चलचित्रमा शोभराजको प्रेम कहानी र सन् १९७० को दशकमा पर्यटकको हत्या गरेको विषयमा केन्द्रित छ । कहिले बिकनी किलर त कहिले साँप भनिने शोभराज अहिले नेपालको जेलमा बन्दी जीवन बिताईरहेका छन् ।

उनले पछिल्लो पटक ६४ वर्षको उमेरमा २० वर्षिय युवति निहिता विश्वाससँग बिबाह गरेका थिए । चलचित्र ‘मै और चाल्स’ मा रणदिपका अलावा ऋचा चढ्ढा, अदिल हुसैन तथा टिस्का चोपडाको मूख्य भूमिका रहेको छ । चलचित्र अक्टुबर ३० मा रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu