आर्यन र प्रियंका चर्चित नायक नायिका, महजोडीलाई दिइयो कलारत्न सम्मान



Aaryan
नेपाल चलचित्र प्राविधिक संघले कतारमा आयोजना गरेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’ कतारको राजधानी दोहास्थित एसियाना टाउन हलमा विहिबार साँझ सम्पन्न भएको छ ।

Click Here to Watch Entertaining Videos
अवार्ड समारोहमा निश्चल बस्नेत निर्देशित ‘टलकजंग भर्सेस टुल्के’ले चार विधा आफ्नो पक्षमा पार्दै सर्वाधिक पाँच अवार्ड जितेको छ। आर्यन सिग्देललाई चर्चित अभिनेता, प्रियंका कार्कीलाई चर्चित अभिनेत्री र कोहिनुरलाई चर्चित चलचित्रको अवार्ड दिइएको थियो भने ‘कबड्डी’ले जुरी अवार्ड प्राप्त गर्न सफल भएको छ ।

कार्यक्रमको दौरानमा मह जोडीलाई कला रत्न सम्मानद्वारा विशेष सम्मान गरिएको थियो । उक्त सम्मान गर्दा उपस्थित दर्शकले उठेर मह जोडीका लागि सम्मान गरेका थिए । सोहि क्रममा विश्वकै कान्छो निर्देशक सौगात विष्टलाई आयोजकले विशेष प्रोत्साहन सम्मान प्रदान गरिएको थियो ।

यस्तो छ ‘आठौ नेफ्टा फिल्म अवार्ड’ जित्न सफल चलचित्र र चलचित्रकर्मीहरुको सूची:
उत्कृष्ट कथा: सविन बाँस्तोला (सुनपानी)
उत्कृष्ट पटकथा तथा संवादः पासाङ लामा (झिग्राना)
उत्कृष्ट संवाद: खगेन्द्र लामिछाने (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट मेकअप: दिपु पौडेल (माला)
उत्कृष्ट ड्रेसः निरा राणा (सेतो बाघ)
उत्कृष्ट साउण्ड मिक्सिङ: उत्तम न्यौपाने (जेरी)
उत्कृष्ट कला निर्देशक: अन्जान गजुरेल र पासाङ्ग टि शेर्षा (कोहिनुर)
उत्कृष्ट एक्सनः रोशन श्रेष्ट (वान वे)
उत्कृष्ट व्याकग्राउण्ड म्युजिक : मनोज कुमार केसी (माला)
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (हवल्दार सुन्तली)
उत्कृष्ट शब्दः डाक्टर कृष्णहरी बराल (कोहिनुर)
उत्कृष्ट संगीतःअर्जुन पोख्रेल (स्टूपिड मन)
उत्कृष्ट एरेन्जरःअल्मोदा उप्रेती
उत्कृष्ट पाश्र्व गायिकाः रजिना रिमाल (नाई नभन्नु ल ३)
उत्कृष्ट पाश्र्व गायक: यूवराज चौलागाई (नोभेम्बर रेन)
उत्कृष्ट हाँस्य कलाकारःसुवास थापा (विर्खेलाई चिन्छस्)
उत्कृष्ट बाल कलाकारः संगम बिष्ट (लभ यू बाबा)
उत्कृष्ट चरित्र अभिनेताः सविन बाँस्तोला (सुनपानी)
उत्कृष्ट चरित्र अभिनेत्रीः सूर्यमाला खनाल (सुन्तली)
उत्कृष्ट खलपात्रः अनुप विक्रम शाही (हँसिया)
उत्कृष्ट सह–अभिनेताः सलोन बस्नेत (आभाष)
उत्कृष्ट सह–अभिनेत्रीः छुल्ठिम गुरुङ (नोभेम्बर रेन)
उत्कृष्ट डेब्यु अभिनेताः हसनराज खान (अलबिदा)
उत्कृष्ट डेब्यु अभिनेत्रीः आना शर्मा (जेरी)
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (आभाष)
उत्कृष्ट छायांकारःशैलेन्द्रध्वज कार्की (जेरी)
उत्कृष्ट नव–निर्देशकः रामबाबु गुरुङ (कबड्डी)
उत्कृष्ट आदिवासी चलचित्रः यम्पु देउराली
उत्कृष्ट नायकः खगेन्द्र लमिछाने (टलकजंग Vs टुल्के)
उत्कृष्ट नायिकः ऋचा शर्मा (टलकजंग Vs टुल्के)
पपुलर अवार्ड (महिला): प्रियंका कार्की
पपुलर अवार्ड (पुरुष): आर्यन सिग्देल
पपुलर चलचित्रः कोहिनुर
उत्कृष्ट निर्देशकः निश्चल बस्नेत(टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट चलचित्रः टलकजंग भर्सेस टुल्के
जुरी अवार्डः कबड्डी

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu