मारुति भ्यानमा ‘चकलेट’



chocolate
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मंसिर १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चकलेट’ यूनिटले आफ्नो प्रचार प्रसारमा नयाँ शैली थपेको छ । निर्मल शर्माद्वारा निर्देशित चलचित्र चकलेटको प्रचारप्रसारका लागि मारुति भ्यानको प्रयोग गरिएको छ ।

Click Here to Watch Entertaining Videos
काठमाडौंका २२ वटा मारुति भ्यानमा चकलेटको पोस्टर टाँसेर चलचित्र प्रचारप्रसारको नयाँ अभियान थालिएको निर्देशक शर्माले बताए । मारुति भ्यानमा चकलेटको पोष्टर टाँसेसँगै अब मारुति भ्यान जहाँ-जहाँ जानेछन् सबै ठाउँमा चकलेटको प्रचार हुनेछ । सडक बालबालिकाको कथालाई उठाएको चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

चलचित्रमा पूजना स्त्री, आयुष्मान घिमिरे, अनुज शाक्य, नम्रता झा, केशव भट्टराई, सुमन गैरे सहित आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय रहेको छ । चलचित्र चकलेटमा अर्जुन पोख्रेल, शिखर सन्तोस र रायन कार्कीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu