‘नेपाल पहिलेको नेपाल रहेन, तर राजेश त्यही राजेश हो’ (भिडियो)



rajesh-hamal-in-bagmati-teaser
ठुलोपर्दा डटकम, काठमाण्डौ।
महंगो बजेटमा तयार भएको चलचित्र ‘बागमती’को टिजर सार्वजनिक भएको छ । चलचित्र यूनिटले पहिलो टिजरमा नायक राजेश हमालको एक आर्कषक संवाद र एक्शन देखाएको छ ।

टिजरमा हमालले बोलेको संवाद ‘नेपाल पहिलेको नेपाल रहेन, तर राजेश त्यही राजेश हो’ सँगै उनको एक्शन देखाईएको छ । ट्री इन्टरटेन्मेन्टको ब्यारनमा तयार भएको चलचित्र बागमतीमा राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, ध्रुवव कोइराला, कञ्चन ठकुरी, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रबाट रविकार घिमिरे र श्रेया कार्कीलाई नवप्रतिभाको रुपमा भित्राइएको छ । नेपाली चलचित्रमा आज सम्मकै सबैभन्दा महंगो बजेटमा बागमती बनेको दाबी यसको निर्माणपक्षले गरेको छ चलचित्रमा कथा तथा निर्देशन सन्नी (केरला)को छ । चलचित्रका निर्माता दिनेश दर्शनधारी हुन् ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu