सलमानकी हिरोइन हेजेलले गरिन् काठमाडौंमा क्याटवाक



hejel-kich-2
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हलिउड तथा बलिउडकी अभिनेत्री एवं बेलायती मोडल हेजेल किच शनिबार साँझ राजधानीको बबरमहल स्थित कार्की बेङ्क्वेटमा क्याटवाक गर्दै नेपाली दर्शकमाझ प्रस्तुत गर्दा दर्शक दीर्घाबाट निकै बेर ताली र सिठ्ठी बज्यो ।

Click Here to Watch Entertaining Videos
शनिबार साँझ आयोजित मोडल प्रतियोगितामा ¥याम्पमा क्याटवाक गर्दै उनी नेपाली दर्शकमाझ उत्रिएकी हुन् । सो कार्यक्रममा आफुले नेपालमा धेरै स्वागत सत्कार पाएको अभिनेत्री हेजेलले बताईन् । युहाना इन्टरनेशलन इभेन्ट्स प्रा.लिद्धारा शनिबार साँझ राजधानीमा आयोजित आयोजित ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५‘ मा मुख्य अतिथि भएर हेजेल काठमाडौं आएकी हुन् ।

कार्यक्रममा हेजेललाई क्याटवाकमा सो प्रतियोगिताका प्रतियोगीहरुले साथ दिएका थिए । उनले ‘शो टपर’ भएर उनले क्याटवाक गरेकी हुन् । हेजेलले नेपाल निकै सुन्दर रहेको बताईन् । आउँदा दिनमा फुर्सद निकालेर आफु फेरी नेपाल घुम्न आउने पनि उनले बताईन् । उनी शुक्रबार राती मुम्बईबाट काठमाडौं आएकी हुन् ।

शनिबार हेजेलले बौद्ध लगायतका क्षेत्र भ्रमण गरिन भने काठमाडौंका विभिन्न क्षेत्र भ्रमण गरेर आईतबार बेलुका मुम्बई फर्कने छिन् । हलिउड फिल्म हेरी पोर्टर, बलिउड बर्डिगार्ड सहित अन्य एक दर्जन फिल्ममा नायिकाको रुपमा हेजेलले काम गरिसकेकी छिन् । उनी बेलायतकी चर्चित मोडल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu