रिमा बनिन् रोबर्टको दुलही



reema-biswakarma-marrige
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रकी नायिका रिमा विश्वकर्माले प्रेमी रोबर्ट विश्वकर्मासँग आज आइतबार बिवाह गरेकी छिन् । बौद्धमा रहेको होटल हायातमा रिमाले रोबर्टको लगनगाठो समातेकी हुन् ।

Click Here to Watch Entertaining Videos
रोबर्ट हाल भेरी जोन नामक एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत छन् । म्युजिक भिडियोमा राम्रै जमेपनि चलचित्रको पर्दामा खासै जम्न नसकेकी रिमा अब केहि दिनमा नै यूके हानिनेछिन् । रिमाले अभिनय गरेको नयाँ चलचित्र भाले फाइट गएको शुक्रबार मात्र प्रदर्शन भएको छ ।

बिवाह समारोहमा चलचित्रक्षेत्रका विभिन्न व्यक्तिहरुको सहभागीता रहेको छ । चलचित्र ‘स्वर’बाट रजतपटमा आएकी उनि त्यसअघि सञ्चारकर्मी थिइन् । म्यूजिक भिडियोमा रुचाईएकी रिमाले ‘भिसा गर्ल’, ‘ऋतु’ लगाएतका चलचित्र खेलेकी छिन् । यो जोडीको डेढ महिनाअघि मात्रै विवाह गर्ने अन्तिम टुंगोमा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu