‘तान्द्रो’ ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानियो



tandro
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमा २०५२ सालबाट सुरु भएको तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाएर निर्माण भएको चलचित्र ‘तान्द्रो’ ढाका अन्र्तर्राष्ट्रिय फिल्म महोत्सवमा छानिएको छ । आउँदो २०१६ जनावरी १४ देखि २२ तारिख सम्म सञ्चालन हुने यस महोत्सवमा यो चलचित्र पनि प्रदर्शन हुनेछ ।

Click Here to Watch Entertaining Videos
वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले गरेको आक्रमणलाई मुख्यरुपमा चलचित्रमा समेटेको छ । निर्देशक निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सतिश गौतम हुन् भने सह निर्माताका रुपमा अशोक गौतम, निर्मल के.सी, र मिडिया पोर्ट रहेका छन् ।

चलचित्रको मुख्य पात्रका रुपमा दयाहाङ राइ रहेका छन् । चलचित्रमा सोमनाथ खनालको मुख्य सहायक निर्देशन, सुलक्षण भारती र सारुक ताम्रकारको सहायक निर्देशन, छायाकन पुरुशोतम प्रधान, कास्टिङ निर्देशक राजन खतिवडा, आधा सुरको संगीत, अमृत महर्जनको मेक अप, कुमार महर्जनको दन्द रहेको छ । चलचित्रलाई उपेन्द्र सुब्बा र साम्तेन भुटियाले लेखेका हुन भने भुटियाले नै चलचित्रलाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu