एफ.डि. कम्पनीको अध्यक्षमा नरेन्द्र महर्जन



narendra-maharjan-FDठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र वितरक कम्पनी एफ.डि.कम्पनीमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार भएको साधारणसभाबाट कम्पनीमा निर्माता तथा वितरक नरेन्द्र महर्जन अध्यक्षमा चयन भएका छन् ।

Click Here to Watch Entertaining Videos
यस अघि कम्पनीमा म्यानेजिङ डाईरेक्टर रहेका नरेन्द्रलाई कम्पनीले सर्वसम्मत चयन गरेको हो । कम्पनीको स्थापनाकाल देखी नै निर्माता प्रदीप उदय अध्यक्ष रहेका थिए र प्रदिप उदयको दुई बर्षे कार्यकाल सकिएपछि एफ.डि. कम्पनीमा नरेन्द्र महर्जन अध्यक्षको रुपमा चयन भएका हुन् ।

उक्त कम्पनीमा प्रदीप र नरेन्द्र बाहेक राजकुमार पोखरेल, बिरेन्द्र नारायण श्रेष्ठ, उत्तम द्वा, राजेश नारायण श्रेष्ठ, कपिल द्धा, मुक्ति पिया, रेखा थापा, छवि ओझा र विक्रम पराजुलीसहित एघार जनाको शेयर रहेको छ । यो कम्पनीले नेपाली चलचित्र मोफसलमा मात्र वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu