कलाकार संघमा चरम विवाद, देखिएन समाधानको बाटो



kalakr-sangh
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ २३ गते काठमाडौंमा हुने भनिएको चलचित्र कलाकार संघको चुनाव स्थगित भएपछि देखिएको विवादले चरम रुप लिँदै गएको छ । चुनाव नजिकदै गर्दा विभिन्न पदका उम्मेदवारहरुले फर्जी सदस्य बनाइएको भन्दै महासचिव पदका उम्मेदवार संजय खतिवडाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएपछि सुरु भएको विवाद अझै साम्य हुन नसक्दा संघको चुनाव कहिले हुने भन्ने नै अनिश्चित बनेको छ ।

Click Here to Watch Entertaining Videos
त्यहि क्रममा महासचिव पदका उम्मेदवार संजय खतिवडाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि संघ भित्र देखिएको अनियमितता दुरुपयोग निवारण हुन नसक्ने बताएका छन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भने -‘अनियमिता मनपरी र गैर कलाकारलाई सदस्य बनाई निर्वाचनमा विजयी हुन संघका महासचिव रामकेशरी वोगटीले गरेको बदनीयतपूर्ण कार्यको छानविन र कारवाहीको माग गर्दै मैले ०७२ भाद्र ९ गते जिल्ला प्रशासन कार्यालनमा निवेदन दर्ता गरेको थिए ।

सो निवेदनपछि जिल्ला प्रशासन कार्यालयले भाद्र १५ गते बशुन्धरा भुसालको संयोजकत्वमा कृष्ण मल्ल र मोहन निरौला सदस्य रहेको छानविन समिति गठन गर्यो । सो समितिले ०७२ आश्विन २० गते प्र.जि.अ. समक्ष प्रतिवेदन पेश गर्यो ।’ उनले अगाडी बोल्दै भने -‘समितिले प्रतिवेदनमा आफ्ना मात्र कुराहरु र साधारण सभा र संघको निर्वाचन मिति तोक्ने भन्दा अरु काम गर्न सकेनन् ।’ उनले समितिबाट न्यायिक छानविन नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

उनले संघको साधारण सभा र निर्वाचन गरि मात्र संघ भित्र रहेको अनियमिता दुरुपयोग निवारण हुने नदेखेको बताएका छन् । उनले पत्रकार सम्मेलन मार्फत पैसाको भरमा पदको दुरुपयोग गरि गैर सदस्य कलाकार बनाई परिचय पत्र प्रदान गर्ने व्यक्तिलाई कारवाही गरिनु पर्ने पनि माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu