सबैले हेर्न पाउने ‘सुश्री’



sushree
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कार्तिक ३ गते सार्बजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुश्री’ सेन्सर पास भएको छ । चलचित्र ‘सुश्री’ले केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर) बोर्ड बाट ‘युनिभर्सल सर्टिफिकेट प्राप्त गर्दै सबैवर्गका दर्शकहरुले हेर्न पाउने बनेको छ ।

Click Here to Watch Entertaining Videos
आशिका फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘सुश्री’ आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधान लगाएतको अभिनय रहेको छ । चलचित्रलाई आत्मराम थापाले निर्माण गरेका हुन् ।

पूर्णतया कमेडी शैलीमा निर्माण भएको यो चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ । शिवम् अधिकारीले निर्देशन गरेको यस चलचित्रको लेखन शिवमले नै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu