‘धूम ४’मा बाहुबली हिरो प्रभासको सम्भावना



prabhas
भारतमा ‘बाहुबली’ एक यस्तो चलचित्र बन्यो जसले साउथका सुपरस्टार प्रभासलाई पुरै भारतको सुपरस्टार बनाईदियो । प्राप्त खबरअनुसार प्रभासलाई अहिले धेरै ठुला ब्यानरबाट अफर आईरहेको छ । यो लिस्टमा यशराज ब्यानर पनि सामेल छ । यशराज ब्यानरले ‘धूम ४’को लागो प्रभासलाई एप्रोच गरेको खबर बाहिरिएको छ ।

Click Here to Watch Entertaining Videos
प्रभासले पनि बलीउडमा राम्रो चलचित्र खेल्न तयार रहेको बताएका छन् । ‘बाहुबली’को बिशेष प्रदर्शनमा समेत आदित्य चोपडाले आएका थिए । आदित्यसँगै आएका निर्देशक कृष्णा आचार्यले प्रभासको प्रस्तुती यसति रुचाए की उनलाई ‘धूम ४’मा लिने विचार गरे ।

हालसम्म यो खबरको पुष्टी भने भईसकेको छैन । हाल प्रभासले आफ्नो पुरा ध्यान ‘बाहुबली २’को छायांकनमा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu