सौगात र रिश्माको ‘लप्पन छप्पन’ (भिडियो)



lappan-chhappan
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र कबड्डी कबड्डीको ‘लप्पन छप्पन’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द, संगीत र स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ ।

Click Here to Watch Entertaining Videos
गीतको भिडियोमा सौगात र रिश्मा देखिएका छन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।
चलचित्रको निर्माण सुनिलचन्द रौनियार र रौनकविक्रम कँडेलले गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता निश्चल बस्नेत हुन् भने ओमचन्द रौनियार र अर्जुन कार्की सह-निर्माता छन् । यो चलचित्र मंसिर ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu