अमेरिकामा जल शाहको ‘रमाईलो साँझ’



jal-shah-usa
नेपाली चलचित्रक्षेत्रकी पुरानी नायिका जल शाह सहितको आयोजनामा अमेरिकाको यूटाहा राज्यको साल्ट लेक सिटीमा ‘रमाईलो साँझ’ सम्पन्न भएको छ ।

कार्यक्रममा नायक राजेश हमाल, नायक दिलीप रायमाझी, नायिका अरूणिमा लम्साल, नृत्य निर्देशक नबिन केसि , लुना श्रेष्ठले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा गायकहरु रामकृष्ण ढकाल, यम बरालले विभिन्न आधुनिक गीत गाएर भरपुर मनोरञ्जनका साथै दर्शकहरुलाई राम्रै झुमाउन सफल भएका थिए ।

कार्यक्रममा लोक दोहोरी गायिकाहरु निसा सुनार र संगिता थापा मगरले पनि आफ्नो प्रस्तुती दिएका थिए भने नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा नायक दिलिप रायमाझी र अरुणिमा लम्सालले चलचित्र कोहिनूरको गीतमा प्रस्तुती दिएका थिए । कार्यक्रममा करिब सात सयको हाराहारीमा नेपाली दर्शकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu