फ्यानसँग अमिताभले मागे माफी



Amitabh
बलिउडका सुपरस्टार अमिताभ बच्चनले आफ्ना एक फ्यानसँग माफी मागेका छन् । दक्षिण अफ्रिकाबाट आएकी ह्विलचेयर प्रयोग गर्ने एक महिलालाई भेट्न नसकेकोमा बच्चनले माफी मागेका हुन् ।

प्रत्येक आइतबार मुम्बईस्थित आफ्नो निवासमा बच्चन आफ्ना ‘फ्यान’सँग भेटघाट गर्ने गर्छन् । गत आइतबार उनलाई भेट्न दक्षिण अफ्रिकाबाट ती प्रशंसक आएकी थिइन् तर अमिताभले उनलाई भट्न पाएनन् । यसबारे ट्विटरमा अमिताभले माफी माग्दै लेखेका छन्, ‘अर्कोपटक म उनीसँग भेट्ने प्रयास गर्नेछु ।

भीडका कारण यसपटक भेट्न नपाएकोमा अत्यन्त दुःखी छु । मेरो जीवनमा प्रशंसकको अत्यन्त ठूलो भूमिका छ । मलाई बाँच्न लायक बनाउनुभएकाले सबैलाई प्रेम र स्नेह ।’ हाल अमिताभ स्टार च्यानलबाट प्रशारण हुँदै गरेको ‘आजकी रात हे जिन्दगी’ नामक टिभी शो चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu