नाकाबन्दीको विरोध गर्दै रामकृष्णले न्यूयोर्कको सडकमा गाए ‘रातो र चन्द्र सूर्य’ (भिडियो)



भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा न्युयोर्कमा बस्ने नेपालीले मंगलबार संयुक्त राष्ट्रसंघको न्युर्योकस्थित कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

नेपालले जारी गरेको संविधानको विषयलाई लिएर भारतले गरेको नाकाबन्दीका कारण नेपालको जनजीवन प्रभावित भएको तथा नेपालीको मानवअधिकार हनन् भएको भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा बिरोध प्रदर्शन गरेका हुन् । भारतले गरेको नाकाबन्दी तत्काल खोलेर समस्याको समाधान गर्न माग गर्दै गएको नेपाली टोलीले विश्व समूदायलाई भारतले नेपाल माथि गरेको नाकाबन्दीको जानकारी गराउँदै संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनलाई ज्ञापनपत्र बुझाएको छ ।

अमेरिका भ्रमणमा रहेका गायक रामकृष्ण ढकाल तथा हास्य कलाकार मनोज गजुरेलले नाकाबन्दीको विरोधमा आयोजना गरिएको प्रदर्शनमा समर्थन जनाएका थिए । कार्यक्रममा ढकालले विभिन्न राष्ट्रिय गीत गाएका थिए भने गजुरेलले भारत विरुद्ध व्यंग्य गरेका थिए ।

भिडियो हेर्नुहोस्:

Nov 17th 2015 Indian Blockade Protest by Nepalese in New York!NRN USA (Non-Resident Nepali Association) protested India Government's blockade to Nepal in front of United Nations Headquarters in New York. The Association also submitted its memorandum letter to UN General Secretary Ban Ki-moon in which it is urging world governing body and international communities to take action and end the Indian blockade in Nepal immediately. NRN USA President Dr. Keshab Paudel, NRN ICC North America Regional Coordinator (RC) Sonam Lama, NRN USA immediate past President Khagendra Gc has address the picketing. Nepalese prominent singer Ram Krishna Dhakal and popular comedian Manoj Gajurel performed nationalist songs. NRN USA General Secretary Tilak Shrestha moderated the event. At the protest demonstration, around 300 Nepalese peoples and other different country were participated. The representatives of Indian American Sikhs were also present to show their solidarity with Nepalese community.

Posted by NY Sherpa Kami Ang on Tuesday, November 17, 2015

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu