सन्नीको चलचित्र वितरण गर्न किन मान्दैनन् वितरकहरु ?



Sunny-rakhi
पूर्वपोर्नस्टार तथा बलीउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको चलचित्र ‘मस्तिजादे’ वितरण गर्न कुनै वितरकहरु अगाडी नसरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनैले खेलेको चलचित्र ‘हेट स्टोरी २’ को सिक्वेलमा जरिन खान र डेजी शाहको उत्तेजक दृश्यले भरिएको ट्रेलरले चर्चा पाउँदै गएपछि सन्नीलाई अर्को चुनौति थपिएको छ । यसै कारण डिसेम्बरमा रिलिज हुने भनिएको मस्तिजादेको रिलिज ‘हेट स्टोरी ३’ कै कारण पर सारिएको छ ।

चलचित्र निर्माताले मस्तिजादे बेच्न जति रकम माग गरेका थिए त्यति रकम तिर्न वितरकहरु तयार नभएपछि अहिले यो चलचित्रको वितरण कसले गर्ने भन्ने अन्योलमा परेको छ । ‘हेट स्टोरी ३’ ले राम्रै हल पाइरहेको अबस्थामा मस्तिजादेले भने भारतमा पनि राम्रो हल पाएको छैन । सन्नीको चलचित्रको वितरणको जिम्मा लिनु भनेको बालुवामा पानी हाल्नु सरह रहेको भन्दै वितरकहरु यति बेला मस्तिजादे वितरण गर्न अघि सरेका छैनन् ।

प्रितिश नन्दीद्वारा निर्मित तथा मिलाप झवेरीद्वारा निर्देशित मस्तिजादेमा सन्नी लियोनी र तुषार कपुरको मुख्य भुमिका रहेको छ । चलचित्रलाई लामो समय सेन्सर बोर्डले पास गर्न सकेको थिएन । चलचित्र भित्र समावेश गरिएका उत्तेजक दृश्यका कारण चलचित्र सेन्सरको झमेलामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu