पौष ६ गते एलजी ‘डि’ सिने अवार्ड हुने



lg-d-cine-awards-2015
ठुलोपर्दा डटकम, काठमाण्डौ।
विगत सात वर्षदेखी नियमित रुपमा आयोजना हुँदै आएको एलजी ‘डि’ सिने अवार्ड पौष ६ गते हुने भएको छ । अवार्ड अध्यक्ष शान्तिप्रियले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गरेका हुन् । यस पटक ‘एलजी स्मार्ट टिभी’ ले सघाएको यो अवार्डलाई छायाँछवि क्रियशनले आयोजना गर्ने गरेको छ ।

०७१ सालभरी प्रदर्शनमा आएका चलचित्रहरु प्रतिस्पर्धा गर्न पाइने यो अवार्डमा प्रतक्ष्य तथा अप्रतक्ष्यगरी करीव ३५ विधामा अवार्ड प्रदान गरीने छ । साथै सो अवसरमा चलचित्र पत्रकारीता पुरस्कार, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड, जुरी अवार्ड लगायतका सम्मान सहितका पुरस्कार एवं सम्मानहरु हुनेछन् ।

कार्यक्रममा क्रिटिक्स अवार्डको रुपमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता एवं उत्कृष्ट चलचित्रलाई पनि अवार्ड प्रदान गरीनेछ । एलजी डी सिने अवार्ड ०७२ मा २०७१ सालभरी प्रदर्शनमा आएका ८२ चलचित्र मध्ये अधिकांश चलचित्रले भाग लिएको बताइएको छ । एलजि डी सिने अवार्ड ०७२ मा प्रसिद्ध लेखक तथा निर्देशक मोहन निरौला, वरीष्ठ संचारकर्मी एवं निर्देशक विजयरत्न तुलाधर, आधुनिक संगीतका चर्चित एवं प्रतिष्ठित संगीतकार सन्तोष श्रेष्ठ, नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखिया जुरीका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu