‘पशुपति प्रसाद’को ट्रेलर सार्वजनिक, बागमतीमा सिक्का जम्मा पार्दै खगेन्द्र (भिडियो)



pasupati-prasad-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ १५ मा रिलिज हुन लागेको चलचित्र ‘पशुपति प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । वुधबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो, साथै ट्रेलर यूट्युबमा पनि राखिएको छ ।

ट्रेलरले बताएअनुसार अभिनेता खगेन्द्र लामिछाने गाउँमा लागेको ऋण तिर्न काठमाण्डौ जान्छन् । बागमती नदिको किनारमा सिक्का र सुनका टुक्रा टिप्दै पैसा जम्मा पार्दै गरेका उनको सपनामा तुषारापात हुन्छ ।

ट्रेलरमा खगेन्द्रको अभिनय उत्कृष्ट रहेको देख्न सकिन्छ । निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गरेको यो चलचित्रमा खगेन्द्रको साथमा बर्षा सिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाा, मिश्री थापा, आशिष अधिकारी लगाएतको अभिनय रहेको छ । निर्देशक खनालका अनुसार मान्छेले देख्दै नदेख्ने सपना देखेर शहरका गल्लीमा क्रुर समाजसँग पैँठेजोरी खेल्ने पशुपति प्रसादको कथा चलचित्रले बोल्नेछ ।

चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको लेखन रहेको छ । टुकी आर्टस् प्रा.लि. र डि.के.के. प्रोडक्सनको ब्यानरमा बनेको ‘पशुपती प्रसाद’मा निर्माता रजना नापित, कार्यकारी निर्माता रोजिना सिटौला, सह(निर्माता अर्जुन कार्की रहेका छन् । चलचित्रलाई पपकर्न पिक्चर्सले वितरण गर्नेछ ।

यस चलचित्रमा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, सहायक निर्देशक आशिष अधिकारी, निर्माण व्यवस्थापक शंकर पाण्डे, द्वन्द्व निर्देशक सुर्य थोकर, छायाँकार निरज कँडेल, सम्पादक दीर्घ खड्का, संगीतकार हरि लम्साल, पार्श्र्व संगीतकार जेशन कुावर, गीतकार डा.कृष्णहरि बराल रहेका छन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu