‘ब्रासलेट’ले तोक्यो प्रदर्शन मिति, माघ २२ बाट देशभर



bracelet
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २२ गते प्रदर्शनमा ल्याइने गरि चलचित्र ब्रासलेटले आफ्नो आधिकारीक प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्रका निर्माता केशब भट्टराईले आफ्नो आधिकारी फेसबुकमार्फत चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै ब्रासलेट माघ २२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए ।

चलचित्रमा रमेश उप्रेती, नम्रता सापकोटा, रजनी केसी, ऋतिक शाही, सुगम शर्मा, राजु बजाज, विनोद भट्टराई, सुनिता ठाकुरसहितको अभिनय रहेको छ । यसमा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, गोविन्द राई र कविराज गहतराजको नृत्य निर्देशन, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र शान्तिप्रियको गीत रहेको छ ।

यो चलचित्रलाई निर्मल शर्मा गैँडाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu