फ्राईडे रिलिज : ‘जाउँ हिँड पोखरा’ र ‘कबड्डी कबड्डी’



jau-hida-pokhara-and-kabaddi-kabaddi
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस पटकको फ्राईडे रिलिजमा दुई नेपाली चलचित्र ‘जाउँ हिँड पोखरा’ र ‘कबड्डी कबड्डी’ एकसाथ प्रदर्शनमा आएका छन् । शोभित बस्नेतले निर्देशन गरेको चलचित्र जाउँ हिँड पोखरामा नायिका रेखा थापा र नायक जीवन लुईटेलको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘जाउ हिड पोखरा’ मा रेखा र जिवनका अलावा सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्मा र निर्देशक बस्नेतको समेत अभिनय रहेको छ । सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुती रहेको चलचित्रमा राम गौतमले लगानी लगाएका छन् भने कार्यकारी निर्माता गणेश ढकाल हुन् । ध्रुव लम्सालको पटकथा रहेको फिल्ममा गणेश कुमार श्रेष्ठको छायांकन रहेको छ ।

त्यस्तै योसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र कबड्डी कबड्डीमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

रामबाबु गुरुङ निर्देशित यस चलचित्रका कार्यकारी निर्माता निश्चल बस्नेत हुन् भने ओमचन्द रौनियार र अर्जुन कार्की सह(निर्माता छन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu