मैले कुनै पार्टीको झण्डा बोकेको छैन: बोगटी, अध्यक्ष पदका उम्मेदवार (चलचित्र कलाकार संघ)



ramkeshar
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मंसिर १६ गते काठमाडौंमा हुन गइरहेको चलचित्र कलाकार संघको अधिबेशनको चहलपहल यति बेला राम्रैसँग सुरु भएको छ । अधिवेशनको दौडधुप देख्दा कुनै राजनितीक दलको चुनाव होकी भन्ने समेत भान हुन्छ । तीन जनाले कलाकार संघको चुनावमा अध्यक्षको उम्मेद्वारी दिएपछि यस पटकको चुनाबमा राम्रै प्रतिस्पर्धा हुने पक्का छ ।

त्यहि क्रममा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका कलाकार रामकेशरी बोगटीले पनि शुक्रबार आफ्नो प्यानलको घोषणा गरेका छन् । उनको प्यानलबाट महासचिव पदमा सरिता लामिछाने, सचिव पदमा चेतबहादुर सिंह राजाले उम्मेद्वारी दिएका छन् । त्यस्तै बोगटी प्यानलकी नायिका नन्दिता केसी भने र्निविरोध सह-कोषाध्यक्ष पदमा निर्वाचित भइसकेकी छिन् । उनै अध्यक्षका प्रत्यासी रामकेशरी बोगटीसँग ठुलोपर्दा डटकमले गरेको संक्षिप्त कुराकानी :

१. तपाईँको उम्मेद्वारी किन ?
कलाकारिता पेशालाई सामाजिक र आर्थिक हिसाबले मर्यादित बनाउन र मैले अहिले कलाकार संघमा महासचिव पदमा रहँदा देखेका समस्यालाई समाधान गर्न मैले उम्मेद्वारी दिएको हुँ ।

२. तपाईसहित अध्यक्षमा तिन जनाको उम्मेद्वारी रहेको छ ? अरु भन्दा म यो चाहिँ फरक गर्न सक्छु र गरेर छोड्छु भन्ने के प्रतिबद्धता कलाकारहरुलाई दिन सक्नुहुन्छ ?
कलाकार संघको भवन निर्माणका लागि १ बर्ष अगाडी देखी नै भवन निर्माणका लागि म आफैले रकम राखेर कोष खडा गरिसकेको छु । त्यसैले अरुले प्रतिबद्धता जनाउनु र एउटा चरित्र व्यबहार देखाउनुमा फरक पर्छ । यो चुनाबमा कसैले लोकप्रियताका लागि प्रतिबद्धता देखाउँदैमा त्यसलाई शूष्म हिसाबले ति कुराहरु पुरा हुन्छ की हुँदैन, गर्छ कि गर्दिन भन्ने कुरा सबै कलाकारहरुले मुल्यांकन गर्नुहुन्छ जस्तो लाग्छ । मैले धेरै गर्न नसक्ने कामहरु मेरो प्रतिबद्धामा छैनन् र मेरो प्रतिबद्धतामा जे छन् त्यो म पुरा गरेरै छोड्छु ।

३. अहिले अधिबेशनको संघारमा एकअर्कालाई विभिन्न राजनितीक दलको झण्डा बोकेर अध्यक्षको उम्मेद्वार दिएको भन्ने खबर बाहिर आइरहेको छ ? तपाई दाबीका साथ भन्न सक्नुहुन्छ म कुनै पनि पार्टीको झण्डा बोकेर अध्यक्ष पदमा उम्मेद्वार दिएको छैन भनेर ?

हेर्नुहोस्, चुनाबमा एक व्यक्तिले जुन सुकै पार्टीमा आफ्नो भोट हाल्न पाउँछ तर म यो दाबी गर्न सक्छु की मैले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता दिएको छैन र म कुनै पनि पार्टीबाट प्रतिनिधित्व गरेर अध्यक्ष पदमा उम्मेद्वारी दिएको होइन ।

४. अहिले कलाकार सघले गर्न नसकेका कामहरु चाहिँ के हुन र गर्न आवश्यक के के छन् ?
कलाकार संघले गर्न नसकेका कामहरु धेरै छन्, जसमध्ये अहिले महत्वपुर्ण स्थानमा मैले भवन निर्माणलाई राखेको छु किनकी अहिले कलाकार संघले घरभाडा र स्टाफ पाल्नभन्दा बढि अरु केहि गर्न सकेको छैन । कलाकार संघले राम्रा राम्रा कलाकारहरुलाई संघ भित्र ल्याउन पनि सकेको छैन । कलाकार संघले कलाकारहरुलाई सेवा सुविधा दिन सक्यो भने कलाकार संघको गरिमा पनि उच्च हुन्छ त्यसैले मेरो कार्यकालमा कलाकार संघलाई मर्यादित र प्रतिष्ठित संघ बनाउनेछ छु ।

५. तपाईले अध्यक्षमा उम्मेद्वारी दिएपछि कलाकार संघको भवन-भवन मात्रै भन्नुभएको देखिन्छ ? अरु केहि काम छैनन यो भन्दा बाहेक कलाकार संघलाई गर्नै पर्ने ?
जसरी संविधानमा चलचित्रको संरक्षण र प्रवद्र्धन गरिनेछ भनेर उल्लेख गरिएको छ त्यो हाम्रै पहलबाट गरिएको हो । राज्यले चलचित्र निती मस्यौदा स्वीकृत गरिसकेको अबस्था छ । त्यहि हिसाबले संबैधानिक व्यबस्था र नितीलाई पनि कानुनी रुपमा कार्यन्वयन गर्न मेरो पहिलो प्राथमिकतामा रहनेछ । यसले नेपाली चलचित्रलाई अगाडी बढाउछ र कलाकार संघको गरिमा पनि बढ्छ । म यो भन्दिन की मलाई भोट हाल्नुस् भनेर तर आम चलचित्रकर्मीहरुलाई, आम कलाकार संघका सदस्यहरुलाई राम्रैसँग थाहा छ की कुन उम्मेद्वारले हिजो के गरेका थिए र आज के गर्दैछ र भोली के गर्नेछ । त्यसैले म कलाकार संघलाई सधै प्रतिष्ठित संघ बनाउने छु ।

६. तपाई म चुनाव जित्छु भन्नेमा चाहिँ कतिको विश्वस्त हुनुहुन्छ ?
मेरो आफ्नो कार्यशैलीले र मेरो निस्वार्थ भावनाले के भन्छ भने मलाई कलाकारहरुले अध्यक्ष पदमा बहुमतले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu