म हराएको छैन: राजेश हमाल (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष २४ गते प्रदर्शनमा आउन लागेका चलचित्र बागमतीको चर्चा यति बेला व्यापक छ । चलचित्रमा नायक राजेश हमाल र शिव श्रेष्ठको एकसाथ कमब्याकले पनि चलचित्र अझ विशेष बनेको छ ।

लामो समयदेखी एक्शन चलचित्रमा खासै नदेखिएका राजेश हमालको भने यस चलचित्रमा धमकेदार एक्शन देख्न सकिने निर्माणपक्षले बेला बखतमा बताउँदै आइरहेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा केहि महिना अगाडी अमेरिकामा रहेका राजेश हमालले आफुले अमेरिकामा पनि चलचित्र बागमतीको प्रचार गरेको बताएका छन् ।

एक अनलाइन पत्रिकासँगको कुराकानीमा हमालले अमेरिका बसाई राम्रो र सम्झन लायक रहेको बताए । ‘तपाईलाई बागमतीको यूनिटले पुन राजेश हमालको कमब्याक भन्दै प्रचार गरेको छ, त्यसो भए त्यो समय तपाई कहाँ हराउनु भएको थियो र ?’ भन्ने प्रश्नमा राजेशले भने -‘म कहिँ पनि हराएको छैन । चलचित्र बागमती नयाँ धारको चलचित्र भएका कारण निर्माणपक्षले त्यसा भनेको होला तर केहि हदसम्म उहाँहरुले भन्नुभएको कुरा पनि सहि होला ।’

कुराकानीको क्रममा उनले चलचित्र बागमती सबैले एकपटक हेरिदिन पनि आग्रह गरेका छन् । ‘भारतले हाल ३ महिनादेखी नेपालमा गरिरहेको अघोषित नाकाबन्दीले तपाईलाई चाहिँ कस्तो असर पुगेको छ ?’ भन्ने अर्को प्रश्नको उत्तरमा उनले भने -‘म पनि एक सर्वसाधारण नै हुँ । सबै नेपालीले भोगेको समस्या मैले पनि भोगिरहेको छु । तर मलाई के लाग्छ भने जसरी मधेशी मोर्चाले माग राखिरहका छन् ति मागहरु प्रति सरकार गम्भिर हुन आबश्यक छ र जायज माग राखे नेपालको समस्या समाधान हुन्छ ।’

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu