मोवाइलको विज्ञापनले नर्गिस फेरी विवादमा



nargis-mobile-ad
बलिउड अभिनेत्री नर्गिस फाखरी चर्चामा आउन कुनै न कुनै बहाना खोजीरहेकी हुन्छिन् । कहिले अर्धनग्न फोटोसुटले बिबादमा तानिन्छिन् भने कहिले चलचित्रमा हट दृश्यका कारण चर्चामा आइरहेकी हुन्छन् त्यहि क्रममा केहि दिन देखी उनको चर्चा फेरी पाकिस्तान राम्रै चलेको छ ।

एक उर्दु पत्रिकामा छापिएको विज्ञापनका कारण उनी चर्चामा आएकी हुन् । उर्दु अखबार ‘जंग’को २० डिसेम्बर अंकमा मोबाइलको विज्ञापन पहिलो पानामा नर्गिसले ‘मोडलिङ’ गरेकी थिइन् । पाकिस्तानका ट्विटर प्रयोगकर्ताले त्यो विज्ञापन सस्तो र भद्दा भएको टिप्पणी गरेका छन् ।

विज्ञापनमा नर्गिस सुतेकी थिइन् र उनको एउटा हातमा मोबाइल फोन थियो । पाकिस्तानमा सामाजिक सञ्जाल प्रयोगकर्ताले पत्रिका र अभिनेत्री नर्गिसको व्यापक आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu