‘क्लासिक’ निराशावादी चलचित्र होइन: नम्रता श्रेष्ठ (भिडियो)



namrata-interview
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २९ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘क्लासिक’ निराशावादी चलचित्र नभएको चलचित्रकी नायिका नम्रता श्रेष्ठले बताएकी छिन् ।

एक अनलाइन पत्रिकालाई दिएको अन्तरर्वार्तामा उनले भनिन्, ‘दृष्ट्रिविहीनको कथामा चलचित्र आधारित भएका कारण चलचित्र हेर्ने दर्शकहरुले सकारात्मक सोचको साथ चलचित्र मनपराउनेछन् । हामी दर्शकहरुलाई लागि मन पर्ने चलचित्र बनाउने हौं र मलाई लाग्छ चलचित्र क्लासिक दर्शकहरुको रोजाइको चलचित्र बन्नेछ ।’

कुराकानी कै क्रममा उनले चलचित्र क्लासिकमा आर्यन सिग्देलसँग काम गर्दा निकै रमाइलो भएको बताइन । ‘म सेटमा हुँदा प्राय सधै हाँसीरहेको हुन्छु र अरुलाई पनि हँसाइरहेको हुन्छ । हाम्रो सेटमा सुटिंग हेर्न आउने अरु कोहिँले यिनीहरुले मार्मिक चलचित्र पनि खेल्न सक्छन् भन्ने लाग्छ होला किनकी हामी सेटमा हुँदा सधै रमाइलो गरेरै विताइरहेका हुन्छौ ।’, नम्रताले सुनाइन ।

२००८ देखी आर्यन र निर्माता सुवास गिरीसँग नजिक भएर काम गरेको सुनाउँदै नम्रताले ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्वर रेन’ भन्दा पनि क्लासिक उत्कृष्ट बनेको बताइन । यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेल र प्रितम पाण्डेको सम्पादन, विजय बश्याल र श्रीकृष्ण श्रेष्ठको ग्राफिक्स, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu